NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ९ गते

निर्माणाधीन जलविद्युत् आयोजनालाई प्रगति विवरण बुझाउन नेपाल विद्युत् प्राधिकरणको निर्देशन

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीलाई आफ्नो प्रगति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै सबै सम्बन्धित कम्पनीलाई अद्यावधिक विवरण पेश गर्न आग्रह गरेको हो।

सूचनाअनुसार, पीपीए सम्पन्न भई निर्माण चरणमा रहेका सबै आयोजनाका प्रवर्द्धक कम्पनीहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो परियोजनाको प्रगति प्रतिवेदन विभागमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

विभागले तोकिएको समयसीमाभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीए सम्झौतामा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष