कर्णाली क्रिकेट कप आजदेखि, विजेता टोलीले १ लाख १ हजार पाउने
कर्णाली क्रिकेट कप २०८३ आजदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत साे जानकारी दिइएकाे हाे ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा हुन लागेको प्रतियोगीतामा कर्णालीका १० जिल्लामध्ये आठ जिल्लाको प्रनिधित्व हुनेछ । संघका प्रदेश सचिव श्रीधर केसीले १४ देखि १८ असारसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए ।
उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा खेल सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रदेश सचिव केसीका अनुसार प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिमको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले २० लाख सहयोग गरेको छ ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन


प्रतिक्रिया