ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९२२ सवारी चालक कारबाहीमा
काठमाडौं -बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।
ताजा अपडेट
-
मनसुन क्रमश : सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
-
धनगढी उडेको जहाजमा समस्या, गौतमबुद्ध विमानस्थलमा आकास्मिक अवतरण
-
कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पुष्टि
-
२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल खोजेर डिजिटलाइज गर्दै विभाग
-
सुनको भाउ ४७ सयले वृद्धि


प्रतिक्रिया