फ्रान्स विश्वकपको अन्तिम १६ मा
काठमाडौं। फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा स्विडेनमाथि ३–० को सहज जित निकाल्दै फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो। फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राड्ली बार्कोलाले एक गोल गरे।
खेलको ४५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५३ औं मिनेटमा बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर पारे। त्यसपछि ७४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे।
योसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा पनि अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरीमा पुगेका छन्। दुवैले जारी विश्वकपका ६–६ गोल गरेका छन्।
यस्तै, एम्बाप्पेले विश्वकपमा गोल संख्या १८ पुर्याएका छन्। उनीभन्दा अगाडि १९ गोलसहति मेसी छन्।
एकतर्फी दबाबमा राखेको फ्रान्सले त्यसपछि पनि थुप्रै गोल गर्ने प्रयास गर्यो। अन्ततः फ्रान्स ३–० ले विजयी बन्यो। २०१८ को विजेता फ्रान्सले अब अन्तिम १६ मा पाराग्वेसँग खेल्नेछ।
ताजा अपडेट
-
यस्तो छ कालीमाटी बजारमा आजका लागि कृषि उपजको थोक मूल्य
-
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ९ निर्माण कम्पनी
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द
-
युरोपियन टी-२० प्रिमियर लिगमा सन्दीप लामिछाने, रोटरडम डोकर्सबाट प्रतिस्पर्धा गर्ने
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया