आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा
काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो ।
नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।
अन्तिम–३२ को खेलअन्तर्गत अहिले फ्रान्स र स्विडेनबीच खेल हुँदैछ भने बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर भिड्दैछन् ।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन


प्रतिक्रिया