यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधाबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
ताजा अपडेट
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
-
यस्तो छ कालीमाटी बजारमा आजका लागि कृषि उपजको थोक मूल्य
-
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ९ निर्माण कम्पनी
-
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द
-
युरोपियन टी-२० प्रिमियर लिगमा सन्दीप लामिछाने, रोटरडम डोकर्सबाट प्रतिस्पर्धा गर्ने


प्रतिक्रिया