वर्षा भएसँगै बढ्यो बाढीको जोखिम, यी जिल्ला खतरामा
काठमाडौँ- काठमाडौँसहित २६ जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार काठमाडौँ भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङमा बाढी आउने सम्भावना छ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी-पश्चिम, रुपन्देही, कपिलवस्तुमा पनि आज बाढी जोखिम देखिएको छ।
दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

ताजा अपडेट
-
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी, करिब १ अर्ब डलर बराबरको आम्दानी
-
वर्षा भएसँगै बढ्यो बाढीको जोखिम, यी जिल्ला खतरामा
-
आज पनि घट्यो सुनको भाउ
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
-
यस्तो छ कालीमाटी बजारमा आजका लागि कृषि उपजको थोक मूल्य


प्रतिक्रिया