NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १७ गते

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।

चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

शपथपछि केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष