NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १७ गते

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं – शेयरबजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । लगातार करिब दुई साता ऋणात्मक भइरहेको शेयरबजारमा आज सुधार आउँदै ४४.४९ अंकको वृद्धिपछि २ हजार ६५२.९२ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक २४.६३ अंकले घट्दै २ हजार ६०८.३३ अंकमा झरेको थियो ।

उसो त यसदिन कारोबारमा समेत वृद्धि हुँदै ३ अर्ब ८५ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको ९५ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन २४ अंकमाथिले सूचक घटेको बजारमा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको ८७ लाख ३७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

आज १३ वटै उपसूचक धनात्मकम बन्दै बजारमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक २.६० प्रतिशतले बढेको छ भने हाइड्रोपावर कम्पनीको उपसूचक २.४२ प्रतिशतले बढेको छ । यसैगरी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३४ प्रतिशतले बढ्दा आज निर्जीवन बीमा समूह २.०३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

२५२ कम्पनीको शेयर मूल्य बढेको छ भने आज जम्मा १७ वटा कम्पनीको मात्र घटेको छ । स्नो रिभर्सको शेयर मूल्य आज पनि १४.९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्गाको शेयर मूल्य १४.२२ प्रतिशतले बढेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष