NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १८ गते

६२ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ६ हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला सुनको मूल्य २ लाख ७७ हजार ३०० रुपैयाँ थियो ।

यता, चाँदीको मूल्य तोलाको १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ थियो ।