राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।
बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।
“बैंकको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उनले भने, “अनलाइन कर्जा आवेदनका लागि बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिंकमा क्लिक गरी (आरविवि स्माट लेन्डिङ डिजिटल लोन पोर्टल) मा जानुपर्नेछ ।” बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।
ताजा अपडेट
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
छ महिनामै ६ लाख २० हजार विदेशी पर्यटक नेपालमा, आगमन ७.४ प्रतिशतले बढ्यो
-
नयाँ प्रणाली लागू हुँदै, राहदानी सेवा केही दिन बन्द हुने
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
कर्णाली नदीमा बेपत्ता गाडी खोजीका लागि सशस्त्रको सोनार क्यामरा र म्याग्नेटसहितको टोली परिचालन


प्रतिक्रिया