राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ । काउन्टरपार्टीले ऋणपत्र बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।
ताजा अपडेट
-
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
-
पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो
-
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
-
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
-
नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रतिक्रिया