NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २४ गते

अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग

काठमाण्डौ । अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दिएको छ।
इजिप्ट फुटबल सङ्घले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियर र भिडियो सहायक रेफ्री ९भीएआर० टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै उनीहरूमाथि छानबिन गर्न माग गरेको हो। सङ्घले लेटेक्सियरसहितको रेफ्री टोलीलाई प्रतियोगिताका बाँकी खेलबाट हटाउनसमेत आग्रह गरेको छ।

विवाद मुख्यतः दोस्रो हाफका केही निर्णयलाई लिएर चर्किएको हो। इजिप्टले मोस्ताफा जिकोको गोल भीएआर समीक्षा पछि अमान्य घोषणा गरिनु गलत भएको दाबी गरेको छ। रेफ्रीले गोलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको निष्कर्ष निकाल्दै निर्णय परिवर्तन गरेका थिए।

त्यस्तै, निर्णायक गोलअघि अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको भन्दै इजिप्टले आफूहरूले पेनाल्टी पाउनुपर्ने दाबी गरेको छ। उक्त घटनाको भिडियो समीक्षा नगरिएको आरोप पनि इजिप्ट फुटबल सङ्घले लगाएको छ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले खेलपछि रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै आफ्नो टोली अन्यायमा परेको टिप्पणी गरेका थिए। उनले मैदानभित्रका निर्णयले खेलको नतिजा प्रभावित भएको आरोप लगाए।

अर्जेन्टिनाले भने रोमाञ्चक पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष