NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २७ गते

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।