NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २७ गते

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ –  स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकामा भएको खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेर स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३०औँ मिनेटमा फाबियान रुइजले पहिलो गोल गरेर स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४१औँ मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलेरेले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि ८८औँ मिनेटसम्म मिकेल मेरिनोले निर्णायक गोल गरेर स्पेनलाई विजयी बनाए ।

अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।