NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २७ गते

बागमतीको बाढीले कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न

काठमाडौँ- लगातारको भारी वर्षाका कारण कीर्तिपुरस्थित बागमती नदीमा आएको बाढीले स्थानीय राधास्वामी सत्संगमा रहेको होल्डिङ सेन्टर डुबाएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण बागमती नदीको बहाव बढेर बाढी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिई बसिरहेका सुकुमबासी परिवारहरू पूर्ण रूपमा बिचल्लीमा परेका छन् ।

बाढीको पानी तीव्र गतिमा होल्डिङ सेन्टरभित्र पसेपछि सुकुमबासीहरू आफ्ना सरसामान र लत्ताकपडा बचाउन नपाउँदै ज्यान जोगाउनका लागि कीर्तिपुरको मुख्य सडकसम्म पुगेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष