NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ३० गते

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं। अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार नागढुङ्गा हुँदै उपत्यकाबाट बाहिरिने सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोकिएको छ।

उनका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।

केहीबेरअघि मात्रै नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा ढुङ्गा खस्न थालेको र सेती दोभानमा लेदो खस्न थालेकाले दुइतर्फी सडक आवागमन बन्द भएको छ। अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ।