सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजका २० ढोका खोलिए
इनरुवा। पूर्वी पहाडी तथा तराईका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ। पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोसी ब्यारेजका २० वटा ढोका खोलिएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कोसी ब्यारेजमा मंगलबार पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
बहाव बढ्दै गएपछि कोसी ब्यारेजका ५२ वटा मूल ढोका र दुई वटा नहरका गरी कुल ५६ वटा ढोकामध्ये २० वटा खोलिएको प्रहरीले जनाएको छ।
पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। ब्यारेजको कन्ट्रोल रुमका अनुसार रातो झण्डासमेत फहराइएको छ।
लगातारको वर्षाका कारण सप्तकोसीसहित पूर्वी नेपालका नदी तथा खोलामा पानीको सतह बढिरहेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।
ताजा अपडेट
-
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
-
मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
कान्ति लोकपथ अस्थायी रूपमा बन्द
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द


प्रतिक्रिया