प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित, रवि लामिछाने पनि सहभागी
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन्। जेठ १७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि उनी पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन्।
प्रधानमन्त्री शाहसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रतिनिधि सभा बैठकमा सहभागी भएका छन्।
यसअघि संसद्मा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उक्त विषयमा उनीहरूको विरोध र आपत्ति अझै कायम रहेको बताइएको छ।
प्रधानमन्त्रीको पछिल्लो संसद् उपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। संसद्का गतिविधि तथा सरकार–प्रतिपक्ष सम्बन्धबारे जारी बहसबीच उनको सहभागिताले थप राजनीतिक महत्व पाएको छ।
ताजा अपडेट
-
उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल
-
सामूहिक अदुवा खेतीले हटायो बाँदरको आतंक
-
प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित, रवि लामिछाने पनि सहभागी
-
लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस
-
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने


प्रतिक्रिया