ओलीको अभिव्यक्ति लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणा पत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।
ओलीले कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीलाई मनगढन्ते, जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ को संज्ञा दिएका छन्।
राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्दहरु कुण्ठाको पराकाष्टा भएको बताउँदै नेता पौडेलले ओलीले आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउँ ग¥यो उति नाङ्गिदै जाने पनि जिकिर गरेका छन।
‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुनु,’ उनले ट्वीटरमा लेखेका छन्, ‘आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन्। सस्ता कुराले रक्षात्मक बनाउँछ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया