आजदेखि भरी सिलिन्डर ग्यास पाइने, मूल्य कति
काठमाडौँ – नेपाल आयल निगमले आज (बुधबार) देखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ।
इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिन्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार ६० तोकेको छ।
निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिन्डर बिक्री गर्न निर्देशन दिएको थियो।
ताजा अपडेट
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको पहल, कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
सम्पत्ति जाँबुझ आयोगलाई काम रोक्न सर्वोच्चको आदेश
-
राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने


प्रतिक्रिया