३० हजार मेट्रिक टन रासायनिक मल आयात प्रक्रिया अघि बढ्यो
काठमाडौँ । कृषि प्रयोजनका लागि आवश्यक ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ।
अन्तर्राष्ट्रिय बोलपत्र ९ग्लोबल टेन्डर० मार्फत खरिद गरिएको उक्त परिमाणको मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेपछि नेपालतर्फ ढुवानीको काम अघि बढाइएको हो।
कुल परिमाणमध्ये १ हजार २५० मेट्रिक टन मल नेपाल पठाउन बुधबारदेखि ढुवानी सुरु गरिएको छ। ढुवानी सुरु भएको उक्त खेप करिब चार दिनभित्र नेपाल भित्रिने अनुमान गरिएको छ।
बाँकी मलको कोलकाता बन्दरगाहमै प्याकेजिङको काम भइरहेको जनाइएको छ। प्याकेजिङ प्रक्रिया पूरा भएपछि अन्य परिमाणको मल पनि चरणबद्ध रूपमा नेपाल ल्याइने तयारी छ।
कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सरकारले आयात प्रक्रिया अघि बढाउँदै आएको छ। पछिल्लो खेप भित्रिएसँगै किसानका लागि मल उपलब्ध गराउने व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
-
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश
-
स्वास्थ्य मन्त्रालयको तयारी : नेपाल औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन
-
३० हजार मेट्रिक टन रासायनिक मल आयात प्रक्रिया अघि बढ्यो
-
सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
-
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो


प्रतिक्रिया