NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १२ गते

सामान्य बन्दै सुनसरी, हटाइयो कर्फ्यु

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद रिजालले कर्फ्यु जारी गरेका थिए ।

स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएअनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो ।

कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष