आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०५ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६८ पैसा तोकिएको छ ।
ताजा अपडेट
-
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै
-
गणेश यादवका परिवारसँग गृहमन्त्रीले गरे सम्झाैता: सहिद घाेषणादेखि स्मृतिपार्क निर्माणसम्म
-
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय
-
धनुषा र सिरहा कर्फ्यु: बिहान ५:०० देखि १०:०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
-
आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया