NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १६ गते

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरेको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो।

प्रशासनले जारी गरेको निषेधाज्ञाअन्तर्गत तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न रोक लगाइएको छ।

शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गत साउन १२ गते राति ९:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष