NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १९ गते

१५ दिनभित्र हाजिर हुन मन्त्रालयको अन्तिम चेतावनी, अनुपस्थित कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिँदै अन्तिम सूचना जारी गरेको छ।

मन्त्रालयका अनुसार खानी तथा भू–गर्भ विभागमा कार्यरत गौतम प्रसाद खनाल (जियोलोजी सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प. तृतीय श्रेणी, जियोलोजी असिस्टेन्ट) २०८२ असोज ७ गतेदेखि पूर्वस्वीकृति वा जानकारीबिना लगातार कार्यालयमा अनुपस्थित रहेका छन्।

मन्त्रालयले जारी गरेको सूचनामा खनाललाई अनुपस्थित हुनुको स्पष्ट कारणसहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन वा लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।

तोकिएको समयभित्र सम्पर्कमा नआए वा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभए निजामती सेवा ऐन, २०४९ को दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यस्तो कारबाही गर्दा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी कानुनी प्रक्रिया पूरा गरिने पनि सूचनामा उल्लेख गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष