NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार ८०० थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ४७५ पुगेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।