अब अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright Citizenship) को अधिकारलाई कटौती गर्ने पुनः प्रयास गरेका छन्। यसअघि सर्वोच्च अदालतले उनको यस्तै प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि ट्रम्पले फेरि नयाँ कदम चालेका हुन्।
बिहीबार ट्रम्पले दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये पहिलो आदेशले नागरिकताका लागि अयोग्य हुने गैर-नागरिकहरूको परिभाषालाई थप विस्तार गरेको छ। दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ (Birth Tourism) भनिने अभ्यासमा प्रतिबन्ध लगाएको छ, जसमा गर्भवती महिलाहरू आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने उद्देश्यले मात्र अमेरिका आउने गर्छन्।
ट्रम्पले भने, “यो काम धेरै वर्ष पहिले नै हुनुपर्थ्यो, तर हामी अहिले यसलाई व्यवस्थित गर्दैछौँ ।” यस क्रममा उनले १५० वर्ष पुरानो यो नीति अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले रोकेकोमा आलोचना समेत गरे।


प्रतिक्रिया