NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २२ गते

२५० रुपैयाँको सामान किन्दा १० लाख उपहार !

काठमाडौं – करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जित्न सफल भएका छन् ।

१० लाख रुपैयाँको बम्पर उपहार विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले बम्पर उपहार खुला गरेका थिए । अन्य १५ जनाले भने एक–एक लाख रुपैयाँको उपहार जितेका छन् ।

१ देखि १५ साउनसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको थियो ।