पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
कर्णाली- पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ । भेरीगङ्गा नगरपालिका- १३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलबार बेलुका ५ः०० बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् ।
तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी थिइन् ।
अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मंगलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ ।
ताजा अपडेट
-
भारत-चीनसँग संवादमा प्रधानमन्त्री शाह : सन्तुलित र व्यावहारिक कूटनीतिको संकेत
-
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
-
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, ५.२५% ब्याजदरमै अटो लोन
-
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस हुन्छ: महानिरीक्षक कार्की
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन


प्रतिक्रिया