पार्टी आधिकारिकताबारे देउवा : अदालतको निर्णय मान्छु
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विशेष महाधिवेशनका विषयमा आफू अदालतको निर्णय पर्खिने बताएका छन्। आइतबार राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै देउवाले आफूहरूको सहमतिबिना विशेष महाधिवेशन गराएर धेरै नेता–कार्यकर्तालाई बाहिर राखिएको दाबी गरे।
देउवाले विशेष महाधिवेशन आफूले स्वीकार नगरेको उल्लेख गर्दै सबैको सहमतिमा महाधिवेशन गर्नुपर्ने आफ्नो धारणा रहेको बताए। जबर्जस्ती विशेष महाधिवेशन गरिएको भन्दै त्यसविरुद्ध आफूहरू अदालत गएको र न्याय पाउने विश्वास व्यक्त गरे।
उनले भने, “अदालत गएका छौँ। मलाई विश्वास छ–अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्यसअघि अदालतको विषयमा धेरै बोल्नु छैन। अदालतलाई विश्वास गर्दै अदालतको कुरा मान्छु।”
फरक प्रसंगमा देउवाले आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए। आफू हिन्दू धर्मावलम्बी भए पनि सबै धर्मको सम्मान गर्ने उनको भनाइ थियो।
“म हिन्दू हुँ। ब्रतबन्ध पनि हिन्दू संस्कारअनुसार भएको हो। बिहे पनि गुहेश्वरीमा हिन्दू धर्मअनुसार गरेको हुँ। नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने हुँ,” देउवाले भने।
उनले आफू पशुपति जाने र पूजा गर्ने गरेको उल्लेख गर्दै सनातन हिन्दू धर्मप्रति आफ्नो आस्था रहेको बताए।
यस्तै, विमानस्थलदेखि राष्ट्रिय भेलासम्म पुगेर आफूलाई सद्भाव व्यक्त गर्नेहरूलाई कहिल्यै नबिर्सने देउवाले बताए।
ताजा अपडेट
-
पार्टी आधिकारिकताबारे देउवा : अदालतको निर्णय मान्छु
-
क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
-
विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई
-
ओलीले कार्यकर्तालाई ‘आवारा’ भनेकोमा नविना लामाको आपत्ति
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


प्रतिक्रिया