अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हाल नोटबन्दी गर्ने विषयलाई नीतिगत विकल्पका रूपमा अघि नबढाएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित नागरिक, नीति र नेतृत्व संवाद कार्यक्रममा सहभागीहरूले नोटबन्दीको सम्भावनाबारे जिज्ञासा राखेपछि मन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा नागरिकबाट नोटबन्दी नगर्नुको कारणबारे प्रश्न उठेपछि उनले अहिलेको अवस्थामा यस्तो निर्णय उपयुक्त नहुने बताएका थिए । उनका अनुसार नोटबन्दीसम्बन्धी प्रश्नहरू छलफलका क्रममा उठे पनि सरकारले त्यसबारे कुनै तयारी वा निर्णय अघि बढाएको छैन ।
अर्थमन्त्री वाग्लेले विभिन्न देशमा नोटबन्दीको अभ्यास गरिए पनि त्यसबाट प्राप्त परिणाम उत्साहजनक नरहेको उल्लेख गरे । यही अनुभवका आधारमा पनि तत्काल नोटबन्दीलाई उपयुक्त उपायका रूपमा नलिइएको उनको भनाइ थियो ।
सरकारले अर्थतन्त्र तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित नीतिगत निर्णय गर्दा त्यसको प्रभाव र अन्तर्राष्ट्रिय अनुभवलाई समेत आधार बनाउने उनको अभिव्यक्तिबाट देखिन्छ । अहिलेका लागि भने प्रचलनमा रहेका नोट खारेज गर्ने वा नयाँ नोटमार्फत मौद्रिक प्रणालीमा ठूलो परिवर्तन गर्ने विषय सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारेका छन् ।
ताजा अपडेट
-
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
-
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
-
प्रधानमन्त्री कार्यालयले भन्यो-प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
-
रासायनिक मलको समस्या अध्ययन गर्न सरकारद्वारा १२ सदस्यीय कार्यदल गठन
-
अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’


प्रतिक्रिया