NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ८ गते

सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले वृद्धि, चाँदी सामान्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेको हो। अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ९ सय २० रुपैयाँ रहेको थियो। यसअनुसार १० ग्राम सुनको मूल्य २ हजार ७ सय ४५ रुपैयाँले बढेको हो।

यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले घटेको हो।

ताजा अपडेट

नेपालवाच विशेष