गरिमा चौधरीका आमा–बुबाको गृह मन्त्रालयमा भिडियो खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमा–बुबाको भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा महामन्त्री आचार्यले गृह मन्त्रालयमा गरिमा चौधरीका आमा–बुबाको भिडियो खिचेकोप्रति आपत्ति जनाएका हुन् ।
उनले भने, ‘हामीले कस्तो समाज बनाइरहेका छौं ? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । र कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित) ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’
उनले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । त्यस्तै उनले काठमाडौँको शंखमूलस्थित एक होस्टेलमा भएको युवकको मृत्यु र त्यसले निम्त्याएको विक्षिप्त पारिवारिक अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले शंखमूलको होस्टेलमा वसन्त कालाखेतीको मृत्यु भएको र सो खबर सुने लगत्तै दाङमा रहेकी उनकी आमाको पनि मृत्यु भएको हृदयविदारक घटना सुनाए ।
उनले भने,‘छोराको मृत्युको खबरले दाङमा आमाको पनि मृत्यु भयो, तर परिवारमा यत्रो बज्रपात पर्दा पनि वसन्तका बुवा वैदेशिक रोजगारीबाट घर फर्कन पाएका छैनन् ।’
उनले विदेशमा रहेका बुवालाई घर फर्काउन पटक–पटक प्रयास गर्दा पनि सफल हुन नसकेको भन्दै यस्ता आपतकालीन अवस्थामा वैदेशिक रोजगारीमा रहेका नागरिकलाई तत्काल स्वदेश फर्काउने वातावरण निर्माण गर्न सरकारसँग माग गरे।
ताजा अपडेट
-
गरिमा चौधरीका आमा–बुबाको गृह मन्त्रालयमा भिडियो खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति
-
अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
-
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चार मन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
-
सरकारको प्रभाव र विश्वास खस्किँदा समाजमा अस्थिरता बढ्योः अमरेश सिंह
-
सुनको मूल्य तीन हजार दुई सय रुपैयाँले वृद्धि, चाँदी सामान्य घट्यो


प्रतिक्रिया