जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका माग सम्बोधन गर्न समर्पित संयन्त्र गठन गरिने
काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो।
छलफलमा ८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट ८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो।
माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ। साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ।
छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेनजी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।
उक्त विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता भएको छ। जेन–जीका मागहरू शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढङ्गले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
ताजा अपडेट
-
४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
-
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका माग सम्बोधन गर्न समर्पित संयन्त्र गठन गरिने
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
-
गरिमा चौधरीका आमा–बुबाको गृह मन्त्रालयमा भिडियो खिचिएकोप्रति रास्वपा महामन्त्रीको आपत्ति
-
अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी


प्रतिक्रिया