स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
स्याङ्जा । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।
एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ, पुतली बजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । ‘मोहम्मद डे’ पनि भनिने यस दिनमा विशेषगरी मुस्लिम समुदायका मानिसले र्याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गरिन्छ । यस्तै, सामूहिकरुपमा भेला भएर भोज खाने र एकापसमा शुभकामना साटासाट गर्ने महत्त्वपूर्ण दिन भएकाले बिदा दिने निर्णय गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।
स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतली बजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघसंस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।
ताजा अपडेट
-
रसुवा विपद्: डब्ल्युएचओले स्वास्थ्य तथा राहत सामग्री पठाउने
-
उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
-
रसुवा बाढी: उद्धार र राहतमा जुट्न सभापति लामिछानेको अपिल
-
भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
-
रसुवादेखि चितवनसम्म उच्च सतर्कता, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह


प्रतिक्रिया