भोटेकोशीमा भयानक बाढी, तटीय क्षेत्रमा ठूलो क्षति, विस्तृत विवरण आउन बाँकी
काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट बुधबार बिहान भीषण बाढी प्रवेश गरेकाे छ। बाढीले भोटेकोशी, त्रिशूलीलगायत नदीका तटीय क्षेत्रमा ठूलो क्षति पु–याएकाे छ । यद्यपि याे घटनामा भएकाे क्षतिको यकिन विवरण आउन भने बाँकी छ ।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको जनाएका छन् ।
एकाएक भीषण बाढी आएँदा रसुवामा पर्ने भोटेकोशी नदीको तटीय क्षेत्र, त्रिशूली नदीको तटीय क्षेत्रमा पर्ने बेत्रावती, त्रिशूली बजार, देवीघाट, महादेवफाँट, तारुकाघाट, केउरिनीलगायत भागमा ठूलो क्षति पुगेको छ । बाढीले नुवाकोटमा रहेका दुई जलविद्युत् गृहमा पनि क्षति पु-याएको छ ।
टिमुरेको बोर्डर आउट पोस्ट् (बिओपी) मा कार्यरत ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीले टिमुरेको बिओपीमा कार्यरत ९ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ । उनीहरूसँग प्रहरीले अहिले सम्पर्कको प्रयास गरिरहेको छ ।
सरकारले ठूलो बाढी आएकाले भोटेकोशी, त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा जान अपिल गरेको छ ।
ताजा अपडेट
-
रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
-
भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला
-
रसुवा विपद्: डब्ल्युएचओले स्वास्थ्य तथा राहत सामग्री पठाउने
-
उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
-
रसुवा बाढी: उद्धार र राहतमा जुट्न सभापति लामिछानेको अपिल


प्रतिक्रिया