पश्चिमा मुलुकलाई रुसको चेतावनी–हामीसँग सबै उपकरण छन्, घमण्ड नगर्नू
काठमाडौं । युद्धमा युक्रेनलाई सघाएका मुलुकप्रति रुसले आक्रोस व्यक्त गरेको छ । उसले यस्ता मुलुकप्रति लक्ष्य गर्दै आफूसँग सबै उपकरण रहेकाले आवश्यक पर्दा त्यसको प्रयोग गर्ने धम्की दिएको छ ।
उत्तरी सहर सेन्ट पिट्सबर्गमा सांसद्हरूसँग कुराकानी गर्दै पुटिनले यस्तो चेतावनी दिएका हुन् ।
‘रुससँग सबै किसिमका उपकरण छन् । त्यसैले कसैले घमण्ड गर्नु पर्दैन,’युक्रेन युद्धमा हस्तक्षेप गर्ने मुलुकप्रति आक्रोस व्यक्त गर्दै पुटिनले भनेका छन्, ‘आवश्यक परेको खण्डमा हामीसँग भएको उपकरण प्रयोग गर्नेछौं ।’
‘यदि बाहिरबाट कसैले युक्रेनमा हस्तक्षेप गर्न प्रयास गर्छ र रुसमाथि रणनीतिक खतरा उत्पन्न गर्छ भने हामी बिजुलीको गतिमा त्यसको प्रतिक्रिया दिनेछौं,’ रुसको भनाइ कोट गर्दै बिबिसीले लेखेको छ ।
रुसले युक्रेनमा हमला जारी राखेपछि अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत पश्चिमा मुलुकले सैन्य सहायता प्रदान गर्दै आइरहेका छन् ।
पुटिनको यो अभिव्यक्तिलाई बलिस्टिक क्षेप्यास्त्र र आणविक हतियारसँग जोडेर विश्लेषण गरिएको छ । पश्चिमा मुलुकले युक्रेन युद्धमा आणविक हतियार प्रयोग हुनसक्ने आशंका गरे पनि रुसले त्यसको खण्डन गर्दै आएको छ ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण थालेको थियो । युक्रेनलाई निरन्तर दबाब राख्दै आएको रुसले पश्चिमा राष्ट्रको सहायताबीच डोनबास क्षेत्र नियन्त्रणमा लिन ठूला आक्रमण जारी राखेको छ । राजधानी किएभ वरपरबाट भने रुस पछि हटेको छ ।
यसैबीच, पुटिनले पश्चिमा प्रतिबन्धका कारण अवमूल्यन भएको आफ्नो देशको मुद्रालाई बचाउनका लागि मार्च महिनामा रुसी ऊर्जाको कारोबार रुबलमा गर्नुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया