भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी
जनकपुरधाम । प्रदेश प्रहरीले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट धेरै नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि जिल्लास्थित प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेका हुन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेसका ५८ जना सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ ।
उक्त कार्यालयलाई प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीका ३२, बाराका आठ, पर्साका पाँच, सर्लाहीको सात, रौतहट र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, १ हजार ९७६ जनाको उद्धार
-
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्यो २४ घण्टे हटलाइन सेवा
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो
-
रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा


प्रतिक्रिया