NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १३ गते

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न देउवा समूहको बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक बोलाएको छ।

सर्वोच्च अदालतले कांग्रेस सभापति गगन थापाले अघि सारेको महाधिवेशन कार्यतालिका रोक्न अस्वीकार गरेपछि देउवा समूहले छुट्टै कार्यतालिका तय गर्ने तयारी थालेको हो।

देउवा समूहको बैठक बुधबार चुनादेवीस्थित सम्पर्क कार्यालयमा बस्ने भएको छ। १५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ।

बैठकमा १४औँ महाधिवेशनबाट देउवा समूहबाट निर्वाचित केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकका लागि १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीनवटा एजेन्डा तय गरिएको छ।

यसैबीच, महाधिवेशन आयोजक समितिका संयोजक डा। शशाङ्क कोइरालाले बुधबार नै विज्ञप्ति जारी गर्दै महाधिवेशनको कार्यतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष