बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन
काठमाडौँ । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ‘ब्रिफिङ’ लिएका छन् ।
आइतबार बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनकाअनुसार सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन् ।
भोटेकोसी क्षेत्रमा बाढीका कारण प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतलाई प्राथमिकतामा राख्दै पार्टीका सबै तहलाई सक्रिय रूपमा परिचालित हुन सभापति लामिछानेले आग्रह गरेको रास्वपाले जनाएको छ ।
सभापति लामिछानेले प्रभावित पालिकाको सभापतिसँग पनि छलफल गरेका छन् ।
ताजा अपडेट
-
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार
-
सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ: प्रधानमन्त्री बालेन
-
डब्लुएचओद्वारा बाढी प्रभावितका लागि १ लाख ५० हजार डलरको स्वास्थ्य सामग्री सहयोग
-
त्रिशूली ‘३ ए’मा ड्रिलिङको काम सकियाे, उद्धारकर्मीलाई भित्र पठाइँदै
-
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन


प्रतिक्रिया