NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १७ गते

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ । खप्तडछान्ना गाउँपालिका–६ खालीगडाका किसानका बगैँचा यतिबेला स्याउले लटरम्म छन्। तर उत्पादन राम्रो भए पनि बजार र ढुवानीको समस्या भएपछि किसान चिन्तित छन्।

बर्खाको समयमा स्याउ पाक्ने र त्यही बेला ग्रामीण सडक अवरुद्ध हुने भएकाले बजारसम्म पुर्‍याउन कठिन हुने किसानको गुनासो छ। स्थानीय स्याउ बजारसम्म लैजाँदा ढुवानी खर्च नै उत्पादनको मूल्यभन्दा बढी पर्ने अवस्था रहेको उनीहरू बताउँछन्। वन्यजन्तुका कारण पनि ठूलो परिमाणमा स्याउ नोक्सान हुने गरेको छ।

भारत तथा जुम्ला र मुस्ताङबाट आउने सस्तो स्याउसँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय किसानले बगैँचामै प्रतिकिलो करिब ८० रुपैयाँमा बिक्री गर्न खोज्दा समेत बजार नपाएको बताएका छन्।

किसानको समस्या समाधान गर्न ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) ले पहिलो चरणमा १० क्विन्टल स्याउ संकलन गरी धनगढी पुर्‍याउने तयारी गरेको छ। ढुवानी खर्चको केही हिस्सा संस्थाले व्यहोर्ने र बजार विस्तार गर्न सहकारीमार्फत संकलन, ग्रेडिङ, प्याकेजिङ तथा भण्डारणको व्यवस्था गर्ने योजना रहेको संस्थाले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष