भोटेकोसी बाढीमा मृत्यु हुनेका संख्या १२ सय ५२ पुग्यो
काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ५२ पुगेको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ आज मध्यान्ह १२ बजेसम्म रसुवासहित विभिन्न जिल्लामा गरी १ हजार २५२ शव फेला परेका हुन्।
सबैभन्दा धेरै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ शव फेला परेका छन्। चितवनमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये ९५ जनाको सनाखत गरी परिवारलाई बुझाइएको छ। बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, विदेशी नागरिक तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू रहेका छन्। विवरणअनुसार ५८३ विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका १६४ नेपाली र जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना समेत सम्पर्कविहीन छन्।


प्रतिक्रिया