सुरुङभित्रबाट थप एक जनाको उद्धार
काठमाडौं । उद्धारकर्मीले त्रिशूली ३ ‘ए’को सुरुङबाट थप एक जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाको उद्धार टोलीले शुक्रबार बिहान थप एक जनाको उद्धार गरेका हुन् । उद्धार गरिएका व्यक्ति कविर महर्जन भएको रास्वपाका सांसद श्रीराम न्यौपानेले बताएका छन् ।
यसअघि सुरुङमा फसेका मेकानिकल इन्जिनियरको जीवितै उद्धार गरिएको थियो ।
उद्धार गरिएकाहरूले सुरुङमा फसेका सबै सकुशल रहेको बताएपछि थप व्यक्तिको खोजीमा उद्धार टोली जुटेको छ ।


प्रतिक्रिया