मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
काठमाडौं– मुग्लिन–काठमाडौं सडकखण्ड काम हुने भएकाले साँझ ६ बजेसम्म बन्द गरिने भएको छ। अन्य प्रमुख राजमार्ग तथा सडकखण्डमा भने सामान्य रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन र नाम्सी बेसमा धराप रहे पनि सवारीसाधन सञ्चालनमा छन्। मुग्लिन–पोखरा सडकखण्डमा कुनै अवरोध छैन। डम्पिङ क्षेत्रमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। अन्य भागमा यातायात सामान्य रहेको प्रहरीको भनाइ छ।
नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौंडा, धार्के–सीतापाइला र आँबुखैरेनी–गोरखा सडकखण्डमा कुनै अवरोध नरहेको र यातायात सामान्य रहेको छ।
हेटौंडा–काठमाडौं सडकखण्डमा केहीबेर जाम लाग्न सक्ने भए पनि यात्रा गर्न सकिने जनाइएको छ।
ताजा अपडेट
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द


प्रतिक्रिया