महोत्तरीमा दुई करोड रुपैयाँ भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीले करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रुपमा बरामद गरेको हो ।
एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
-
रसुवा बाढी आएको ११ औँ दिन : शनिबार नुवाकोटमा दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार
-
स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु
-
मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा
-
महोत्तरीमा दुई करोड रुपैयाँ भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद


प्रतिक्रिया