कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएको हो ।
आइतबार दिउँसो सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।
भोटेकोशी बाढीका विषयमा बैठक बढी केन्द्रित भएको र त्यसका बारेमा सरकारलाई आवश्यक सुझाव सल्लाह दिने, आफ्नो तर्फबाट गर्न सकिने कामहरू प्रभावित क्षेत्रमा गरिरहने, पार्टीको संरचना र भातृ तथा सुभेक्षुक संगठनहरूलाई थप परिचालन गर्ने, पीडितहरूलाई सहयोग गर्ने, उद्धार तथा राहत र पुनर्निर्माणका थप योगदान गर्ने निर्णय भएको थियो ।
पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएका बाहेक सबैलाई पन्ध्रौ महाधिवेशनका लागि नवीकरण गरेपनि अध्यावधिक नगरेकाहरूलाई १५औं महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरिएको थियो ।
ताजा अपडेट
-
भग्नावशेषबाट जीवित भेटिएपछि उद्धारमा कमजोरी भयो कि भन्ने परेको छ
-
सुन र चाँदी दुवैको मूल्य घट्यो
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
-
निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा


प्रतिक्रिया