मुस्ताङ भन्सार कार्यालयमा ५६ करोड राजस्व संकलन
मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी-केरुङ)नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म रु ५६ करोड बढी राजस्व संकलन भएको छ ।
रसुवा र तातोपानी नाका एकैसाथ बन्द हुँदा मुस्ताङ भन्सार कार्यालय मात्रै वैकल्पिक नाका बनेको छ । कोरलानाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारी (इभी) को भन्सार जाँचपास भएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए ।
दैनिक पन्ध्र वटासम्म विद्युतीय सवारी र १० वटा बढी मालवस्तु पैठारी गरिएका कन्टेनर कोरला नाकाबाट भित्रिएको छ ।
भन्सार प्रमुख चुडालका अनुसार चालु आवको साउनदेखि भदौ १० गतेसम्म १६३ विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेको कन्नेटरको भन्सार जाँचपास गरिएको थियो । चालिस दिनमा रु ५२ करोड ८० लाख राजस्व संकलन भएको थियो । सो भन्सार कार्यालयले हालसम्म रु एक अर्ब आठ करोड ८० लाख राजस्व संकलन भएको छ ।
आव २०८२/८३ मा मुस्ताङ भन्सारले रु छ अर्ब ९२ करोड राजस्व संकलन गरेको थियो ।
ताजा अपडेट
-
संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
-
रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो बत्ती
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
-
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
-
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज


प्रतिक्रिया