आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू-भाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ । तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
ताजा अपडेट
-
संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
-
रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो बत्ती
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
-
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
-
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज


प्रतिक्रिया