NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २५ गते

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित दलको कार्यालय बिहान ११ बजे बैठक बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक अघि बस्ने संसदीय दल कार्यसमिति बैठकले एजेन्डाहरू तय गर्ने छ ।